नेपाली बालसाहित्यमा बालउपन्यास चाहियो, किन ?

उपन्यास सबै भन्दा लोकप्रिय साहित्यिक विधा हो । गद्यमा रचना गरिने यो आख्यान विधा अन्य विधाको तुलनामा सबैभन्दा लोकप्रिय र शक्तिशाली पनि मानिन्छ । उपन्यासमा व्यापक पाठकको रुचि देखिन्छ ।

किशोर मित्रसँग कुराकानी गर्न आएको छु

कुराकानी शिक्षण सिकाइको एउटा प्रभावकारी माध्यम हो । कुराकानीको सम्बन्ध भाषा सिकाइसँग मात्र छैन, कल्पनाशीलताको विकास र सोचाइको विस्तारसँग पनि छ ।

ब्रेल लिपिमा नेपाली बालसाहित्य

आँखा नदेख्ने दृश्यविहीन बालबालिकाहरुले ब्रेललिपिमा पुस्तक पढ्न सक्छन् । उनीहरुका लागि ब्रेललिपिमा पाठ्यपुस्तकहरु तयार गरिएका छन् । तर, उनीहरुले पढ्न सक्ने लिपिमा ब्रेलमा बालसाहित्यको अत्यन्त ठूलो अभाव रहेको थियो । यही अभावलाई कम गर्न नेपालमा पहिलो पटक मौलिक बालकथाहरुको ६ वटा बालकथाकृतिहरु र किशोर–युवा पाठक लक्षित मुक्तक सङ्ग्रह मुक्तक मोह ब्रेललिपिमा प्रकाशित भएको छ । यस पटक ब्रेललिपिमा कृति प्रकाशित हुने लेखकहरु मनोरमा जफा, जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल, कार्तिकेय र रामकाजी कोने रहनुभएको छ । यी लेखकहरुमध्ये जफाको हाँस्ने सुगा, श्रेष्ठको पिङ्की र पुतलीहरु, पौडेलको को ठूलो ? र…