बालसाहित्य संगठनहरु किन संगठित हुनुपर्छ ?

अहिले देशमा विभिन्न उद्देश्य लिएर क्रियाशील गैरसरकारी संस्थाहरुमध्ये समान उद्देश्य भएका आआफ्नो कार्यक्षेत्र मेल खाने संस्थाहरु संगठित भई साझा मञ्च बनाएर आफ्नो क्षेत्रको आवाजलाई प्रभावकारी ढंगले अगाडि ल्याउन प्रयत्नशील रहने क्रम बढिरहेको छ । वास्तवमा यो सही कदम पनि हो । यो लोकतन्त्रको सही अभ्यास हो । लोकतन्त्रको सौन्दर्य पनि हो । संगठित हुनु र समाजको सकारात्मक परिवर्तनका लागि अग्रसर हुनु र मानवताको रक्षाका लागि सम्पूर्ण प्राणिको हितका लागि काम गर्नु निश्चय नै प्रसंशनीय कार्य हो ।

अहिले राष्ट्रिय पुस्तकालयका लागि छुट्याइएको जग्गा सम्बन्धी समाचार बहसको विषय बनेको छ । त्यो जग्गामा पुस्तकालय बन्नुपर्छ र बन्न दिइनुपर्छ भन्ने आवाजहरु प्नि आइरहेका छन् । तरयस विषयमा संगठित दबाबमूलक आवाज सुनिनु जरुरी देखिएको छ । यस विषयले बालसाहित्यकर्मी तथा पठन संस्कृतिको विकासका लागि समर्पित गैरसरकारी संस्थाहरुको एउटा साझा मञ्चको आवश्यकता महसुस गराएको छ । अहिलेको अवस्थामा आआफ्नो कार्यक्षेत्रमा क्रियाशील रहेर काम गरिरहेका संस्थाहरु आफ्नो उद्देश्यसँग मेल खाने साझा र वृहत् राष्ट्रिय महत्वपूर्ण विषयमा एकाकार भएर साझा मञ्च मार्फत् अगाडि बढेका गैरसरकारी संस्थाका मञ्चहरुले प्रभावकारी कार्य गरिरहेको देखिन्छ । यसले एकातिर सम्बन्धित संस्थाहरुको साझा लक्ष्य अनुरुपको बृहत् लक्ष्य प्रप्तिका लागि रणनीति तयार गर्न र वस्तुस्थिथिको अध्ययन गरी नीति निर्माणका लागि खाका तयार गर्न एवम् सो अनुसार अगाडि बढ्न सरकारलाई सुझाव र दवाव दिन प्रभावकारी भूमिका खेल्दै आएको देखिन्छ । अर्कोतिर यस्ता संगठित समूहप्रति दातृ निकायको विश्वास पनि बढी देखिने गरेको छ । यो हुनु स्वभाविक पनि हो किनकि एउटा मात्र संस्थासँग काम गर्दा रहने विश्वसनीयताको शंका थुप्रै संस्थाहरुको मञ्च मार्फत् काम गर्दा शंका कम हुनु र विश्सनीयता बढी हुने गरेको अभ्यास देखिन्छ ।  

वास्तवमा अहिले संगठित भएका गैरसरकारी संस्थाहरुको संगठनको प्रकृतिलाई हेर्ने हो भने बालअधिकारयुवामहिलादलित लगायतसँग सम्बन्धित देखिन्छन् । तर बालसाहित्य कर्म र पठन संस्कृतिको विकासका लागि समर्पित गैरसरकारी संस्थाहरुको मञ्च अस्तित्वमा देखिदैन । यसकारण यस क्षेत्रका कतिपय अत्यन्त महत्वपूर्ण मुद्दाहरु पनि ओझेलमा पर्दै आएका छन् । निश्चय नै यो सुखद होइन । अर्को दुःखको कुरा बालअधिकारको प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएर स्थापित कुनै पनि गैरसरकारी संस्थाले बालबालिकाले असल बालसाहित्य पढ्न पाउनु पनि बालअधिकारको एउटा महत्वपूर्ण अंग हो भन्ने कुरालाई स्वीकार गरेको देखिदैन । उनीहरुको मूल कार्यक्रमहरुमा शिक्षापोषणसहभागिताविवाह आदि जस्ता विषयहरुले प्राथमिकता त पाएका देखिन्छन् तर एउटा पशु र मानिसलाई अलग बनाउने उसको दिमाखले हो । बालबालिकाहरुलाई मानसिक रुपमा स्वस्थ  नागरिक बनाउने कार्य असल बालसाहित्यले गर्छ भन्ने महत्वपूर्ण पाटोमा देशका अगुवा बालअधिकार संगठनहरु मौन देखिन्छन् । जसले एकातिर सौहार्द समाजको निर्माणमा वाधा पुगिरहेको छ । समाजमा व्याप्त जातिय भेदभावराष्ट्रराष्ट्रियता र मौलिकताको स्खलन बढ्दो छ । जसले अशान्त समाज निर्माण र यौनजन्य हिंसालाई बढावा दिइरहेको छ ।

वास्तवमा सबैले यो कुरा बुझ्नु जरुरी देखिन्छ कि असल बालसाहित्यले नै जिम्मेवार किशोरयुवा र असल नागरिकको निर्माणमा मद्धत गर्दछ । एउटा नागरिक राष्ट्रका लागि वरदान सावित होस् भन्ने इच्छा राख्ने राष्ट्रले असल बालसाहित्यको विकास र पठन संस्कृतिको विकासमा प्रशस्त लगानी गरेको देखिन्छन् । जुन लगानीको प्रतिफल उनीहरुले सभ्यसुसस्कृत र समृद्ध राष्ट्रको रुपमा पाइरहेका छन् ।

वर्तमान अवस्थामा हाम्रो परिवेशमा बालसाहित्यको महत्व र एउटा देशको जिम्मेवारी निर्माणका लागि बालसाहित्यको भूमिकाको विविध पक्षमाथि संगठित आवाज अगाडि आउन नसक्दा यो महत्वपूर्ण विषय ओझेलमा पर्दै गएको छ । पुस्तकालय निर्माणको सवाल पनि यही विषयको एउटा महत्वपूर्ण पाटो हो । विदेश गएर आएपछि त्यहाँ रहेका थरीथरीका रक्सीहरुको चर्चा गर्ने राजनेताले त्यहाँ हरेक टोलटोलमा रहेका पुस्तकालयको चर्चा गर्दैनन्किन ? किनकि यस क्षेत्रमा संगठित दवावमूलक आवाजको कमी छ । त्यो आवाजलाई बुलन्द गर्न बालसाहित्यकर्मीहरु एकजुट हुनुआवश्यक छसाझा मञ्च स्थापना गरी अगाडि बढ्नु आवश्यक देखिन्छ । अर्को महत्वपूर्ण पाटो बालसाहित्यले अभिभावकसँग गाँस्ने सौहार्दतालाई पनि त्यो मञ्चले गाढा बनाउन सक्नेछ । अहिले बालसाहित्य किन पढ्ने ? बाल्यकालमा बालसाहित्यको महत्व के छ ? भन्ने कुरा वकालत सानो मधुरो स्वरमा भइरहेको देखिन्छ । यसलाई अब फराकिलो दायरामा घन्काउन अधिकतम प्रयास गर्नु जरुरी देखिन्छ ।

यस क्षेत्रमा कार्यरत संगठनहरुको साझा मञ्च स्थापना गरी त्यो छाता संगठनले पठन संस्कृति मेलादेशभरि पठन संस्कृति प्रतियोगिताहरु गर्नु आवश्यक छ । यस्तो गर्न सके आज जसरी बालअधिकार भन्नासाथ सचेत भएर साथ दिने जमात तयार भएको छ । त्यसरी नै आजको असल बालसाहित्यभोलिको असल र जिम्मेवार नागरिक भन्नासाथ एकजुट भएर साथ दिन अभिभावकलाई तयार गर्न सक्नुपर्छ । यस्तो हुनसकेमा असल बालसाहित्यको महत्व स्थापित हुँदै जानेछ । जसका लागि यस क्षेत्रमा कार्यरत बालसाहित्य र पठन संस्कृतिको विकासमा समर्पित गैरसरकारी संस्थाहरुले आपसी सौहार्दता विकास गरी एउटा साझा मञ्च तयार गर्न यथाशीघ्र पहल गर्नु जरुरी देखिन्छ ।  

Related posts