वरिष्ठ बालनाटक लेखकसँग ३ प्रश्न

उमेश कुमार चौरसिया भारतका वरिष्ठ नाटक लेखक र निर्देशक हुनुहुन्छ । उहाँ अजमेर, राजस्थान, भारतमा बस्नुहुन्छ । उहाँ प्रयोगधर्मी नाटक लेखक र निर्देशकका रुपमा सुपरिचित हुनुहुन्छ । राजस्थानी र हिन्दी भाषामा समान रुपले कलम चलाउनुहुने लेखक चौरसियाका नाटकहरु दूरदर्शन टिभी र आकाशवाणि रेडियोबाट प्रसारित भएका छन् । उहाँका बालनाटकहरुमा बालबालिकालाई रमाइलो गरी नैतिक मूल्य र जीवनोपयोगी शिक्षा दिन सफल देखिन्छन् । विभिन्न विशष्ट र महत्वपूर्ण पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल लेखक चौरसियाका दुई दर्जन कृतिहरु प्रकाशित छन् । यस पटक हामीले उहाँसँग बालनाटकबारे कुराकानी गरेका छौँ । प्रश्न १.…