बालसाहित्यको मूल्य | Value of Children’s Literature

यस पटक हामीले अन्तर्राष्ट्रिय जर्नल लुथर डट इडियुमा प्रकाशित ‘दि भ्यालु अफ चिल्ड्रेन्स लिटरेचर’ (बालसाहित्यको मूल्य) नामक आलेखको नेपाली भावानुवाद प्रस्तुत गरेका छौँ । यो आलेख मार्था क्रिपेनले तयार गर्नु भएको हो । बालसाहित्य लेखक, सम्पादक, शिक्षक, अभिभावक सबैले एक पटक यो आलेख सुन्नुहुन हामी आग्रह गर्दछौँ । यस आलेखको अंग्रेजी भाग पनि यहाँ उपलब्ध छ । यस विषयमा थप अध्ययन गर्न चाहनुहुने मित्रहरुको सहजताका लागि हामीले आलेखको सन्दर्भ सामग्री सूची र लिंक पनि साझा गरेका छौँ । तपाईंको थप अध्ययनले नेपाली बालसाहित्यको गुणात्मक विकासमा टेवा मिल्नेछ भन्ने कुरामा हामी विश्वास गर्दछौँ ।

बालपुस्तकको छनोट र यसको महत्वबारे हरेक सरोकारबाला सचेत हुनुपर्छ । सचेत हुन उनीहरुले आफ्नो ज्ञानको दायरा बढाउनु र बढीभन्दा बढी विचारहरु सुन्नु आवश्यक छ । वास्तवमा बालसाहित्य अत्यन्त संवेदनशील छ । पैसा हुनु र आफ्ना बच्चालाई किताब किनेर दिनु मात्र अभिभावकको दायित्व भित्र पर्दैन उनीहरुका लागि असल पुस्तकको छनोट गर्नु पनि उनीहरुको दायित्व हो । यो कुरालाई उनीहरुले कहिल्यै बिर्सनुहुँदैन ।

वर्तमान नेपाली बालसाहित्यको अवस्थालाई आशावादी भएर हेर्दा हाम्रा हरेक लेखक, सम्पादक, अभिभावक, शिक्षक र नीति निर्माणमा संलग्नहरुले बालसाहित्यको मूल्यबारे स्पष्ट भएर यस क्षेत्रको विकासमा समर्पित हुनु आवश्यक छ । यस अभियानका लागि हाम्रो यो प्रयासले थोरै भए पनि टेवा दिनेछ भन्ने विश्वास लिएका छौँ । यस आलेखका सम्बन्धमा आफ्ना सुझाव र विचारहरु व्यक्त गर्नुहुन हामी आव्हान गर्दछौँ ।

प्रस्तुति : सरिता अर्याल, केटाकेटी अनलाइन टिम ।

   FOR DETAILS KETAKETI ONLINE YOUTUBE : https://www.youtube.com/watch?v=ueSMKukTsaE

Related posts