तारा तामाङलाई पराक्रम बालप्रतिभा पुुरस्कार

काभ्रे/फागनु ११ । साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।